
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नाफामा करिब ४ प्रतिशतको सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
समीक्षा अवधिमा कम्पनीको नाफा ३.७९ प्रतिशतले वृद्धि भएर ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३३ करोड ४७ लाख रुपैयाँ रहेको थियो । यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १३ प्रतिशतले वृद्धि भएको छ । गत बर्षमा ६ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिसम्ममा ७ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीले अभिकर्ता कमीशन मार्फत यस बर्षको तेस्रो त्रैमाससम्मा ५९ करोड रुपैयाँ दिएको छ। गत बर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ७७ लाख रुपैयाँ कमीशन अभिकर्ता कमीशनमार्फत दिएको थियो । कम्पनीको हालको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले आफनो पुँजी गत बर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि गरेको छ ।
त्यस्तै, कम्पनीको महाविपत्ति कोषमा ३२ करोड रुपैयाँ, रिटेनि अर्निङ्गमा ७१ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिर्पोट अनुसार यस अवधिसम्ममा कम्पनीको एपीएस ९ रुपैयाा २६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५.०१ रुपैयाँ रहेको छ ।













समाचार
बीमा कार्यक्रम बन्दः सेवाग्राही समस्यामा
धनुषा–सिरहा जोड्ने झोलुङ्गे पुल पर्यटक गन्तव्य बन्दै
चार कृषकलाई ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’
गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ऊर्जा र पर्यटन मन्त्रीद्वारा ‘हेलो सरकार’को अवलोकन
हुलाक सेवाको विस्तारसँगै मकवानपुरमा घरमै राहदानी
मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको २५ प्रतिशत काम सम्पन्न
जोखिममा आधारित पूँजी सम्बन्धी अन्तरक्रिया सम्पन्न
केवाईसी विवरण अद्यावधिक गर्न बीमितलाई सानिमा रिलायन्सको आग्रह
२ दिन राहदानी सेवा बन्द हुने
मौद्रिक नीतिलाई उधोग बाणिज्य महासंघले गर्यो स्वागत,मौद्रिक र वित्तीय नीतिको समन्वय भएमा अपेक्षाकृत आर्थिक रूपान्तरण सम्भव