
काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी जेठ २७ गते आयोजना गर्ने भएको छ। कम्पनीको जेठ ३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बोलाउने निर्णय गरेको हो। सभा बुधबार बिहान ११ बजे काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेट क्याटरिङ एन्ड इभेन्ट प्रालिमा बस्नेछ।
सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण तथा नाफा–नोक्सान हिसाबमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ। साथै आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने विषय पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ।
त्यसैगरी संस्थापक समूहबाट पाँच जना र सर्वसाधारण शेयरधनी समूहबाट एक जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ। सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने तथा प्रमुख कार्यकारी अधिकृत, स्वतन्त्र सञ्चालक र कम्पनी सचिवको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहेकोछ।
विशेष प्रस्तावअन्तर्गत कम्पनीको प्रबन्धपत्र र नियमावलीका केही दफा तथा नियम संशोधन गर्ने प्रस्ताव ल्याइएको छ। साथै सञ्चालक समितिका अध्यक्ष, सदस्य, कम्पनी सचिव तथा आमन्त्रित विज्ञ सदस्यहरूको बैठक भत्ता र भ्रमण भत्तामा वृद्धि गर्ने विषयमा पनि छलफल हुनेछ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १८ गते बूक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार जेठ १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भई आफ्नो नाममा शेयर कायम भएका शेयरधनीहरूले मात्र सभामा सहभागी भई मतदान गर्न पाउनेछन्।













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन