
काठमाडौं । इंग्लिस क्लब चेल्सीले पुरुष टोलीको नयाँ मुख्य प्रशिक्षकमा जाबी अलोन्सोलाई नियुक्त गरेको छ। स्पेनका पूर्व मिडफिल्डर अलोन्सोले जुलाई १ बाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन्। उनले स्टामफोर्ड ब्रिजमा ४ वर्षको सम्झौता गरेका छन्।
आधुनिक फुटबलका सम्मानित व्यक्तित्वमध्ये एक मानिने अलोन्सोले स्पेनिस क्लब रियल म्याड्रिडको युवा तथा सहायक संरचनामा काम गरेपछि जर्मन क्लब बायर लेभरकुसनमा ठूलो सफलता हासिल गरेका थिए।
उनकै नेतृत्वमा लेभरकुसनले २०२३/२४ सिजनमा इतिहासमै पहिलो पटक बुन्डेसलिगामा अपराजित रहँदै लिग जितेको थियो। चेल्सीले उनको अनुभव, खेल दर्शन, नेतृत्व क्षमता र चरित्रलाई ध्यानमा राख्दै टोलीको आगामी चरणको विकासका लागि जिम्मेवारी दिएको जनाएको छ।
नियुक्तिपछि अलोन्सोले भने, ‘चेल्सी विश्व फुटबलका सबैभन्दा ठूला क्लबमध्ये एक हो। यस्तो महान क्लबको प्रशिक्षक बन्न पाउनु मेरो लागि ठूलो गर्वको कुरा हो।’
उनले क्लबको स्वामित्व समूह र खेल नेतृत्वसँग समान लक्ष्य रहेको उल्लेख गर्दै टोलीलाई उच्च स्तरमा प्रतिस्पर्धा गर्ने र ट्रफी जित्ने सक्षम टोली बनाउने प्रतिबद्धता व्यक्त गरे। खेलाडी जीवनमा अलोन्सोले क्लब र राष्ट्रिय टोलीबाट १७ वटा उपाधि जितेका थिए। उनले स्पेनका लागि २०१० को फिफा विश्वकप पनि जितेका थिए।













समाचार
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि