
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेइजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्याएका छन् । रुसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको दाबी गरेको छ । दुवै देशले अर्थतन्त्र, खेलकुद, शिक्षा, सञ्चार तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन् । शिखर सम्मेलनपछि झण्डै ४० वटा अन्तर सरकारी, संस्थागत तथा व्यावसायिक सम्झौतामा हस्ताक्षर भएको खबरमा उल्लेख छ ।
रुस र चीनबीचको व्यापार गएको वर्ष झण्डै २४० अर्ब अमेरिकी डलर पुगेको थियो । चालु वर्षको पहिलो चार महिनामै द्विपक्षीय व्यापार २० प्रतिशतले बढेको चीनले जनाएको छ । दुवै देशले अधिकांश व्यापारिक कारोबार रुसी रुबल र चिनियाँ युआनमा गर्न थालेको पनि बताएका छन् । यसलाई अमेरिकी डलरमाथिको निर्भरता घटाउने रणनीतिक कदमका रूपमा हेरिएको छ । विशेष गरी लामो समयदेखि चर्चामा रहेको साइबेरिया–२ ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउने समझदारी भएको छ । दुवै देशले विद्यार्थी आदानप्रदान कार्यक्रम विस्तार गर्ने, विश्वविद्यालयहरूबीच सहकार्य बढाउने तथा संयुक्त वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्ने सहमति गरेका छन् ।
सन् २०२६ लाई ‘शिक्षा वर्ष’ का रूपमा मनाउने योजना पनि सार्वजनिक गरिएको छ । विश्लेषकहरूले चीन–रुसको यो संयुक्त घोषणालाई विश्व राजनीतिमा नयाँ शक्ति ध्रुव निर्माणको प्रयासका रूपमा व्याख्या गरेका छन् ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन