
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले सञ्चालन गरिरहेको ‘कुमारी सामूहिक लगानी कोष’ अन्तर्गतको ‘कुमारी सुनौलो लगानी योजना’ को इकाई बाँडफाँड अस्थायी रूपमा स्थगित भएको छ।
कम्पनीका अनुसार उक्त योजनाको नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आकार १ अर्ब रुपैयाँ रहेकोमा जेठ ८ गतेसम्मको नियमित इकाई बाँडफाँडपछि योजनाको आकार पूर्ण रूपमा १ अर्ब रुपैयाँ पुग्ने भएको हो।
योजनाको आकार थप विस्तार गर्न कम्पनीले गत फागुन १५ गते नै आवश्यक कागजातसहित नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरिसकेको जनाएको छ। तर बोर्डबाट थप आकार स्वीकृत नभएसम्म स्वीकृत सीमा भन्दा बढी इकाई जारी गर्न नियमअनुसार नमिल्ने भएकाले जेठ ८ गतेको कारोबार समयपछि व्यवस्थित लगानी योजना (एसआईपी) मार्फत प्राप्त रकमको इकाई बाँडफाँड अस्थायी रूपमा रोक्ने निर्णय गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार बोर्डबाट थप आकार स्वीकृत भएपछि भने एसआईपीमार्फत प्राप्त रकमको इकाई सम्बन्धित रकम प्राप्त भएकै दिनको कारोबारका लागि कायम प्रति इकाई खुद सम्पत्ति मूल्य (ट्रेडिङ एनएभी) का आधारमा बाँडफाँड गरिनेछ। त्यसपछि सम्बन्धित इकाईधनीको हितग्राही खातामा इकाई जम्मा गरिने व्यवस्था मिलाइने पनि सूचनामा उल्लेख छ।
यससँगै योजनाको थप आकार स्वीकृत नभएसम्म ‘कुमारी सुनौलो लगानी योजना’ मा एकमुष्ट लगानी गर्ने व्यवस्था पनि अस्थायी रूपमा बन्द रहने कम्पनीले जनाएको छ। यसको योजना व्यवस्थापक तथा डिपोजिटरीमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व