
काठमाडौं । पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य घटेको छ । गत जेठ १ गते शुक्रबारको तुलनामा जेठ ८ गते शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो ।
जेठ १ गते शुक्रबार नेपाली बजारमा सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, त्यसको एक हप्तापछि जेठ ८ गते शुक्रबारसम्म आइपुग्दा सुन प्रतितोला ४ हजार ८ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत जेठ ३ गते एकैदिन सुन ४ हजार ५०० रुपैयाँले घटेर उक्त दिन २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तैगरी, जेठ ४ गते ८०० रुपैयाँ बढेर सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, जेठ ५ गते मंगलबारमा पुनः सुनको मूल्य बढ्यो । त्यसदिन ५०० रुपैयाँ बढेर सुन प्रतितोला २ लाख ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, जेठ ६ गते बुधबार एकैदिन ३ हजार ३ हजार ३०० रुपैयाँले बढेर त्यस दिन २ लाख ९२ हजार रुपयाँमा कारोबार भएको थियो । त्यस्तै, जेठ ७ गते बिहीबार भने सुनको मूल्य बढेको छ । उक्त दिन १ हजार ८०० रुपैयाँले बढेर सुन प्रतितोला २ लाख ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । र, जेठ ८ गते भने सुन प्रतितोलामा १०० रुपैयाँले घटेर २ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
समग्रमा यो साता सुन बढ्ने भन्दा बढी घट्ने अवस्थामा पुगेको देखिन्छ । सुन व्यवसायीका अनुसार, मध्यपूर्वी युद्धलगायतका कारण सुनको मूल्य कहिले ह्रवात्तै बढ्ने, कहिले ह्रवात्तै घट्ने अवस्थामा पुगेको बताएका छन् ।













समाचार
निजी क्षेत्रलाई हेर्ने राज्यको दृष्टिकोण अझ सकारात्मक र सहकार्यमा आधारित हुनुपर्छ : अध्यक्ष श्रेष्ठ
रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा
सुरुङभित्र उद्धार गर्न स्विट्जरल्यान्डद्वारा नेपाललाई अत्याधुनिक ड्रोन हस्तान्तरण
भक्तपुरमा ३२ वर्षमा ५२ लाखभन्दा बढी विदेशी पर्यटक
नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
चन्डिका श्रेष्ठको उद्धार हामी अझै डटेर लागिरहेका छौं भन्ने सन्देश हो : प्रधानमन्त्री
१७ सयको मासुको तुलनामा ग्यास महगो होइन : प्रमुख साह
तराईकै उद्योगमा भरेर काठमाडौं भित्र्याइँदैछ ग्यास सिलिन्डर
बाढीले पुरिएको घरबाट ११ दिन पछि नुवाकोटमा महिलाको जीवितै उद्धार
ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’