
काठमाडौं । रूसले युक्रेनको किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै त्यहाँ रहेका विदेशी नागरिक र कूटनीतिज्ञलाई शहर छोड्न आह्वान गरेको छ । रुसी सशस्त्र बलले किएभमा रहेका युक्रेनी सैन्य–औद्योगिक प्रतिष्ठानमाथि आक्रमण शुरु गरिरहेको रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो ।
युक्रेनले रेड स्क्वायरमा सैन्य परेडमा बाधा पुर्याएमा मध्य किएभमा ठूलो आक्रमण गर्ने धम्की रुसले यसअघि दिएको थियो । रुसले यस महिनाको सुरुमा नै विदेशी नागरिक र कूटनीतिज्ञलाई किएभ खाली गर्न आह्वान गरिसकेको थियो ।
रुसले गएको हप्ताको अन्त्यमा युक्रेनमा थुप्रै ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको थियो जसमा चार जनाको ज्यान जानुकासाथै धेरै जना घाइते भएका थिए । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि भएको आक्रमणको बदला लिन आफ्नो सेनालाई आदेश दिएका थिए । रूसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमा आक्रमण शुरु गरेको थियो ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए