
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका विभिन्न १७ वटा निकायहरूमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा सहभागी हुन ४ हजारभन्दा बढीले आवेदन दिएका छन् । तोकिएको समयसीमाभित्र कुल ४ हजार ३ सय ४८ जनाको आवेदन प्राप्त भएको मन्त्रालयले मंगलबार जनाएको छ ।
मन्त्रालयले वैशाख ३१ गते रोष्टर सूचीका लागि आवेदन आह्वान गरेको थियो भने जेठ ६ गतेसम्म आवेदन दिने अन्तिम म्याद तोकेको थियो । कुल आवेदकमध्ये ३ हजार ४ सय १४ जना पुरुष रहेका छन् भने महिला आवेदकको संख्या ९ सय २१ रहेको छ । त्यस्तै, अन्य लैंगिक पहिचान भएका १३ जनाले पनि आवेदन दिएका छन् ।
निकायगत रूपमा सबैभन्दा धेरै आकर्षण नेपाल पर्यटन बोर्डमा देखिएको छ । बोर्डका लागि कुल ८ सय ५५ जनाले आवेदन दिएका छन् । दोस्रो धेरै आवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणमा परेको छ, जहाँ ५ सय ७८ जनाले आफ्नो विवरण पेस गरेका छन् । त्यसैगरी, पशुपति क्षेत्र विकास कोषका लागि ४ सय ७६ जना र लुम्बिनी क्षेत्र विकास कोषका लागि ४ सय ६५ जनाको आवेदन परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय मातहतका विभिन्न प्रज्ञा प्रतिष्ठानहरूमा पनि आवेदकहरूको उल्लेख्य सहभागिता छ । नेपाल प्रज्ञा प्रतिष्ठानका लागि ४ सय ३८ जना, संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका लागि १ सय ९६ जना र ललितकला प्रज्ञा प्रतिष्ठानका लागि १ सय ६६ जनाले आवेदन दिएका छन् ।
यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १ सय ८६, सांस्कृतिक संस्थानमा १ सय ५१ र नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम) का लागि १ सय ४९ जनाले आवेदन दिएका छन् ।
अन्य निकायहरूमध्ये बौद्धनाथ क्षेत्र विकास समितिमा १ सय ३४, तारा गाउँ विकास समितिमा १ सय ९, बौद्ध दर्शन प्रवर्धन तथा गुम्बा विकास समितिमा १ सय २, हनुमानढोका दरबार संग्रहालय विकास समितिमा १ सय, पाटन संग्रहालय विकास समितिमा ९९, देवघाट क्षेत्र विकास समितिमा ९८ र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको आवेदन परेको छ । मन्त्रालयका अनुसार हाल प्राप्त भएका सबै आवेदनहरूको मूल्याङ्कन समितिद्वारा अध्ययन र छानबिन भइरहेको छ ।













समाचार
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह
प्रधानमन्त्रीसँग छलफल सकेर फर्कंदा सिंहदरबारबाटै पक्राउ परे किस्पाङ गाउँपालिका अध्यक्ष
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती