
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८० पैसा र बिक्रीदर १५३ रुपैयाँ ४० पैसा कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा रहेको थियो ।
त्यस्तै आज युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७८ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन यूरोपियन यूरो एकको खरिददर १७७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा रहेको थियो । त्यस्तै आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०६ रुपैयाँ र बिक्रीदर २०६ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ०५ पैसा रहेको थियो ।
त्यस्तै आज स्वीस फ्राङ्क एकको खरिददर १९४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२० रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६० पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ६१ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ ।
कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९२ र बिक्रीदर ४२ रुपैयाँ ०८ पैसा थाई भाट एकको खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० तथा यूएई दिर्हाम एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ तोकिएको छ । मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४३ पैसा र बिक्रीदर १६ रुपैयाँ ५० पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ९० पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ५०० रुपैयाँ १६ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा तथा ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४४ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
बैंककको पबमा भीषण आगलागी, २७ जनाको मृत्यु, ६३ जना घाइते
अमेरिका–इरान द्वन्द्वले तेलको मूल्यमा उछाल, एसियाली सेयर बजार प्रभावित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
पुरोहितहरुलाई कर्मकाण्ड कक्षा
अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी रकम लिन आउन बीमितलाई नेपाल लाइफको आग्रह
म्याककलम इंग्ल्यान्ड टेस्ट टोलीको मुख्य प्रशिक्षकबाट बर्खास्त
संघीय संसद्का चार समितिको बैठक सोमबार बस्दै
आज आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै
हरित आयले बदलेको महिलाको दैनिकी