काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि डलरको मूल्य त्यति नै रहेको थियो ।
यस्तै, आज युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७८ रुपैयाँ १३ पैसा कायम भएको छ । अघिल्लो दिन युरो एकको खरिददर १७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५४ पैसा रहेको थियो । आज बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो दिन २०५ रुपैयाँ ३२ पैसा र बिक्रीदर २०६ रुपैयाँ १२ पैसा रहेको थियो ।
आज स्वीस फ्राङ्क एकको खरिददर १९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९४ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ ।
यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०९ रुपैयाँ १९ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ३१ पैसा र बिक्रीदर ११० रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा कायम गरिएको छ । यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५४ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४२ रुपैयाँ १२ पैसा, थाई भाट एकको खरिददर ४ रुपैयाँ ६७ पैसा र बिक्रीदर ४ रुपैयाँ ६९ पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६० पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैया १७ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७४ पैसा र बिक्रीदर २३ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४९८ रुपैयाँ २४ पैसा र बिक्रीदर ५०० रुपैयाँ २० पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०६ रुपैयाँ ९० पैसा तथा ओमानी रियाल एकको खरिददर ३९६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।