
काठमाडौं । सन् २०२६ को मे महिनामा नेपाल भ्रमण गर्ने अन्तर्राष्ट्रिय पर्यटकको संख्या १ लाख नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा कुल १ लाख २ हजार ६ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन्।
यो संख्या गत वर्षको सोही अवधिको तुलनामा उल्लेखनीय रूपमा बढेको हो। सन् २०२५ को मे महिनामा ८६ हजार २ सय १६ जना विदेशी पर्यटक नेपाल आएका थिए। त्यसको तुलनामा यस वर्षको आगमन १९ प्रतिशतले बढी रहेको छ। यस्तै, कोभिड–१९ महामारीअघि सन् २०१९ को मे महिनामा नेपाल आएका ७८ हजार ३ सय २९ पर्यटकको तुलनामा पनि यस वर्षको आगमन ३१ प्रतिशतले वृद्धि भएको देखिन्छ।
मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको रहेको छ। कुल आगमनमध्ये ३९.७४ प्रतिशत अर्थात् ४० हजार ७ सय ८२ जना भारतीय पर्यटक नेपाल आएका छन्। दोस्रो स्थानमा रहेको चीनबाट ११ हजार ५ सय १४ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् भने अमेरिकाबाट ९ हजार १ जना पर्यटक भित्रिएका छन्।
त्यस्तै, बङ्गलादेशबाट ५ हजार २ सय ९८ जना तथा बेलायतबाट ३ हजार ३ सय ७५ जना पर्यटक नेपाल आएको तथ्याङ्कले देखाएको छ।
क्षेत्रगत आधारमा हेर्दा नेपाल आउने कुल पर्यटकमध्ये झन्डै आधा हिस्सा दक्षिण एसियाली मुलुकहरूको रहेको छ। सार्क क्षेत्रबाट मात्रै ४७.२ प्रतिशत पर्यटक नेपाल आएका छन्। अन्य एसियाली मुलुकहरूको योगदान १९.९ प्रतिशत रहेको छ भने युरोपबाट १३.१ प्रतिशत, अमेरिकाबाट १०.३ प्रतिशत र ओशिनिया क्षेत्रबाट ३.१ प्रतिशत पर्यटक नेपाल आएका छन्।
यस्तै, मध्यपूर्वबाट १.५ प्रतिशत, अफ्रिकाबाट ०.३ प्रतिशत तथा अन्य क्षेत्रबाट ४.५ प्रतिशत पर्यटक आगमन भएको छ।
पर्यटन क्षेत्रमा देखिएको यो निरन्तर सुधारले नेपालप्रति अन्तर्राष्ट्रिय पर्यटकको आकर्षण र विश्वास बढ्दै गएको संकेत गरेको छ। पर्यटन व्यवसायीहरूले हिमाल, संस्कृति, साहसिक पर्यटन तथा धार्मिक गन्तव्यप्रतिको बढ्दो चासोका कारण पर्यटक आगमनमा सकारात्मक वृद्धि भइरहेको बताएका छन्।
मे महिनाको उत्साहजनक तथ्याङ्कसँगै नेपालले सन् २०२६ मा पर्यटन क्षेत्रको थप विस्तार र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।













समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार