
काठमाडौं । विश्व सगरमाथा दिवसको सन्दर्भ पारेर अल्पाईन स्पोटर्स फेडेरेसनको पाँचौं वार्षिक साधारणसभा हिमाली जिल्ला दोलखाको कालिन्चोक क्षेत्रमा सम्पन्न भएको छ । अल्पाईन, विन्टर, पर्वतिय, साहसिक तथा पर्यटकिय खेलकुद मार्फत दिगो पर्यटन प्रबद्र्धनमा प्रतिबद्ध महासंघले समुद्री सतहबाट ३ हजार ४ सय ५० मिटर उचाईमा रहेको धार्मीक पर्यटकीय क्षेत्र कालिन्चोकको कुरी बजारमा यही जेठ १५ र १६ मा साधारणसभा सम्पन्न गरेको हो ।
सभामा केन्द्रीय कार्यसमिति, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेश महासंघ, विज्ञ प्राविधिक तथा व्यवसायिक क्षेत्र समेतबाट मनोनयन भएका ५ जना समेत गरि ३१ जना प्रतिनिधि मध्ये २२ जना प्रतिनिधिको सहभागिता रहेको थियो ।
साधारणसभाले निष्कृय पदाधिकारीको विदाई तथा केही पदमा मनोनयन र जिम्मेवारीमा समेत हेरफेर गरेको छ भने महासंघको नियमित कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन उमेश केसी चौलागाईंलाई जनरल म्यानेजर नियुक्त गरेको छ । महासंघका अध्यक्ष गोविन्द भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले प्रगति र आर्थिक प्रतिवेदन, आगामी कार्ययोजना प्रस्ताव र बजेट तथा विभिन्न विशेष प्रस्ताव समेत पारित गरेको छ ।
त्यस्तै साधारणसभाले अडिटर नियुक्ति, पदाधिकारीहरुको विषयगत जिम्मेवारी तथा राष्ट्रिय अन्र्तराष्ट्रिय आवद्धता, सहकार्य तथा एकता सम्बन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ । साधारणसभामा बिगु गाउँपालिकाका अध्यक्ष संजीव ओली, कालिन्चोक गाउँपालिकाका उपाध्यक्ष कुलबहादुर बुढाथोकी, विभिन्न खेलका प्राविधिक, खेलप्रेमी तथा विज्ञ र व्यवसायिक व्यक्तित्व गरि ४३ जनाको सहभागीता रहेको थियो ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू