
काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा रहेको छ । कम्पनीले वैशाख १७ गतेदेखि जेठ ६ गतेसम्म बिक्री खुला गरी बाँडफाँड गर्दा बाँकी बसेको ४ लाख ६८ हजार ७४० कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा राखेको हो ।
कम्पनीले उक्त सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकेर जो कोही व्यक्ति, संस्था वा कम्पनी सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतम १० अंकले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् । बोलपत्र जेठ २७ गतेदेखि खुल्नेछ भने असार ४ गतेभित्र पेश गरिसक्नु पर्नेछ ।
त्यस्तो बोलपत्र फाराम नक्सालस्थित ग्लोबल आइएमई क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) का साथै ग्लोबल आइएमई बैंकका विर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आदर्शनगर–वीरगञ्ज, हेटौंडा, नारायाणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगञ्ज–त्रिभुवनचोक, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा पाइन र बुझाउन सकिनेछ ।













समाचार
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन
पुँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, के के कुरा समेटिए ? (यस्तो छ पूर्णपाठ)
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि