
तनहुँ । केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ ।
यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः खल मिसाः पुच दमौलीको आयोजना तथा व्यास नगरपालिका–३ वडा कार्यालयको आर्थिक सहयोगमा मङ्गलबारदेखि यहाँ सुरु भएको पाँचदिने तालिममा ४० जना महिला सहभागी छन् ।
तालिममा सहभागीहरूलाई मकैको खोस्टालाई उपयोग गर्न विभिन्न आकारमा मोड्दै, गाँस्दै र सजावटी सामग्री बनाउने अभ्यास गराउन थालिएको छ । वडाध्यक्ष अनुप रानाले खेर गइरहेको मकैको खोस्टाको उपयोग गरी आत्मनिर्भर बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । तालिमपछि व्यवहारिक अभ्यासका लागि पनि प्रोत्साहन गरिने र उत्पादित सामग्रीको बजारीकरणका लागि कार्यालयले आवश्यक सहयोग गर्ने उनले बताए । “सीप सिकेरमात्रै पुग्दैन, त्यसलाई व्यवसायमा रूपान्तरण गर्न सक्नुपर्छ । यस कार्यमा सहयोग गर्छौं”, वडाध्यक्ष रानाले भने ।
व्यास नगरपालिकाका पूर्वप्रमुख ताराप्रसाद श्रेष्ठले सीपलाई आयआर्जनसँग जोड्न सके तालिमको उपलब्धि देखिने बताए । उनले स्थानीयस्तरमा खेर जाने सामग्रीबाट लाभ लिन यस्ता कार्यक्रमको निरन्तरताका लागि पनि आग्रह गरे ।
महिला उद्यमी सङ्घ गण्डकीकी उपाध्यक्ष निर्मला मल्लले मकैको खोस्टाजस्तो सामान्य वस्तुले पनि राम्रो आम्दानी दिन सक्ने बताइन् । “सिर्जनशीलता र मिहिनेत जोडियो भने खेर जाने वस्तु पनि अवसर बन्न सक्छ । त्यसैले तालिमलाई अवसरका रूपमा लिँदै आत्मर्भिर बन्न आवश्यक छ”, उनले भने । वडासचिव सावित्री आचार्यले वडा कार्यालयले समुदायका विभिन्न समूहलाई लक्षित गरी नियमित रूपमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताए । यस्ता कार्यक्रमले महिलाको आत्मविश्वास बढाउनुका साथै स्वरोजगारको अवसर सृजना गर्ने उनको भनाइ थियो ।
जनभावना नेवाः खल मिसाः पुचकी अध्यक्ष रश्मिला ताम्राकारले महिलालाई आर्थिक गतिविधिसँग जोड्न र स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताइन् । सचिव सरिता श्रेष्ठले आमा समूह, टोल विकास संस्था तथा पुचका सदस्यहरूबाट छनोट गरी तालिम दिन थालिएको बताए । यही जेठ २३ गतेसम्म सञ्चालन हुने तालिममा विमल श्रेष्ठ र सुशीला श्रेष्ठले प्रशिक्षण दिइरहेका छन्।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम