
काठमाडौं । फिफा विश्वकपको तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा स्पेन र इराकले बराबरी खेलेका छन् । गए राति स्पेनको म्युनिसिपल दे रियाजोर रङ्गशालामा सम्पन्न खेल १–१ गोलको बराबरीमा टुङ्गिएको हो ।
खेलको १६औँ मिनेटमा घरेलु टोली स्पेनले फरान टोरेसको गोलमार्फत अग्रता लिएको थियो । तर २७औँ मिनेटमा इराकले मर्चास डोस्कीको गोलबाट खेल बराबरीमा ल्यायो ।
युरो कप २०२४ को विजेता तथा विश्वकपको प्रमुख दाबेदार मानिएको स्पेनले खेलभर बल नियन्त्रणमा राखे पनि इराकको सुदृढ रक्षापङ्क्ति तोड्न सकेन । सन् १९८६ पछि पहिलो पटक विश्वकपमा फर्किन लागेको इराकले भने उत्कृष्ट प्रदर्शन गर्दै स्पेनलाई बराबरीमा रोक्न सफल भयो । अब स्पेनले अन्तिम तयारी खेल पेरुविरुद्ध खेल्नेछ ।
विश्वकपमा स्पेन समूह एचमा छ, जहाँ उसले केप भर्डे, साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ . इराक भने समूह आईमा छ, जहाँ नर्वे, फ्रान्स र सेनेगलसँग समूह चरणमा खेल्नेछ । क्यानडा, मेक्सिको र अमेरिका संयुक्त आयोजनामा फिफा विश्वकप आउँदो जेठ २८ गतेदेखि हुँदैछ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन