
काठमाडौं । साफ महिला च्याम्पियनसिप–२०२६ को उपाधि घरेलु टोली भारतले जितेको छ । गोवाको जवहरलाल नेहरु रङ्गशालामा हिजो भएको फाइनलमा भारतले बङ्गलादेशलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । योसँगै भारतले साफ महिला प्रतियोगितामा छैटौँ पटक उपाधि जित्न सफल भयो ।
भारतको जीतमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बङ्गलादेशका लागि रितु पोर्ना चक्माले एक गोल गरिन । सेमिफाइनलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले हराएको थियो भने भारतले भुटानलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो ।
पछिल्ला दुई संस्करण सन् २०२२ र २०२४ मा च्याम्पियन बनेको बङ्गलादेश यस पटक उपविजेता बन्यो ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व