
काठमाडौं । साल्पा विकास बैंकले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकको जेठ २२ गते बसेको सञ्चालक समितिको बैठकले असार १५ गते १४ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा खोटाङको दिक्तेत रुपाकोट मझुवागढी नगरपालिका २ मा रहेको शुभम फाउण्डेसनको परिसरमा बिहान ११ बजेदेखि सुरु हुने छ । सभामा सञ्चालक समितिले तयार पारेको बैंकको आ.व. ०८१/८२ को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल र अनुमोदन गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष ०८१/८२ को नाफा नोक्शान हिसाब तथा नगद प्रवाह विवरण सहितको अनुसुचीहरु उपर छलफल र अनुमोदन गर्ने, बैंकको आ.व. ०८२/८३ को लागि बाहय लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रामिक निर्धारण गर्ने र आगामी कार्यकालको लागि सञ्चालक समितिको चयन गर्ने प्रस्तावहरु पारित गर्ने छ ।
त्यस्तै विशेष प्रस्तावका रुपमा बैंकको हालको कार्यक्षेत्र बाहेक थप चार जिल्लामा बैंकको कार्यक्षेत्र विस्तार गर्ने प्रयोजन लगायत अन्य संशोधनका लागि नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन, फेरबदल तथा थपघट गर्न निर्देशन भएमा आवश्यकता अनुसार संशोधन थपघट गर्न सञ्चालक समिति तथा सञ्चालक समितिले तोकेको व्यक्तिलाई अख्तियार दिने । सञ्चालकहरुको सेवा सुविधा पुनरावलोकन गरी सोही बमोजिम नियमावलीको सम्बन्धित नियम संशोधन गर्ने ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू