
काठमाडौं । विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा कैलाश–मानसरोवरमा पहिलो पटक योग अभ्यास कार्यक्रम गर्ने भएको छ ।
समाजले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । उहाँले कैलाश–मानसरोवर क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाउनुको मुख्य उद्देश्य नेपाललाई योगगुरुको देश बनाउने समाजका अध्यक्ष राजन शर्माले बताए । यसका साथै प्राचीन योग, तपस्था, ध्यान तथा आध्यात्मिक सभ्यतालाई विश्वमाझ चिनाउनु समेत उद्देश्य रहेको उनको भनाइ छ ।
शर्माका अनुसार योग दिवस मनाउन यही असार ३ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । योग दिवसका दिन असार ७ गते कैलाश–मानसरोवरमा सामूहिक रुपमा योग र ध्यान कार्यक्रम आयोजना गरिनेछ ।
‘भगवान् शिवको तपोभूमि मानिने कैलाश–मानसरोवर क्षेत्रमा नेपाल र नेपाली समुदायका तर्फबाट अन्तर्राष्ट्रियस्तरको योग तथा आध्यात्मिक चेतना कार्यक्रम आयोजना हुनु सबै नेपालीका लागि खुसीको विषय हो’ उनले भने, ‘कैलाश–मानसरोवरको पावन उचाइ र हिमालयको मौन सौन्दर्यमा योग केवल अभ्यास मात्र नभई आत्माको गहिरो जागरण र जीवनलाई शान्तिको बाटातर्फ लैजाने पवित्र साधन बन्छ भन्ने हाम्रो विश्वास छ ।’
कार्यक्रममा नेपाल, भारतसहित विश्वभरका योगी, ध्यान साधक, योग शिक्षक, तपस्वी, अनुसन्धानकर्ता, आध्यात्मिक अभियानकर्मी लगायत १०० जनाभन्दा बढीको सहभागिता हुने उनको भनाइ छ ।
समाजका नेपालसहित भारत, कतार, इजरायल, अस्ट्रेलिया, अमेरिका, बेलायतलगायत ४७ देशमा शाखा तथा साधना केन्द्र छन् । कैलाश मानसरोवरमा हुने यस अन्तर्राष्ट्रिय योग यात्रा तथा साधनाबाट नेपालको आध्यात्मिक पहिचान, सांस्कृतिक कूटनीति, योग पर्यटन, अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा युवा पुस्तामा सकारात्मक चेतना विस्तार गर्ने अपेक्षासमेत लिइएको छ ।













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?