
काठमाडौं । फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा फ्रान्सले जित निकालेको छ । विश्वकपमा विजयी सुरुआत गर्ने क्रममा फ्रान्सले सेनेगललाई ३–१ गोलले पराजित गरेको हो ।
न्यूयोर्क–न्यु जर्सी स्टेडियममा मंगलबार भएको खेलमा कप्तान किलियन एम्बाप्पेले २ गोल गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ता खेलाडी बन्ने कीर्तिमान समेत बनाए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एम्बाप्पेले ६६ औँ मिनेटमा माइकल ओलिसेको पासमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । उक्त गोलसँगै उनले फ्रान्सका पूर्व स्ट्राइकर ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरेका थिए ।
फ्रान्सले ८२औँ मिनेटमा अग्रता दोब्बर बनायो । एड्रियन राबिओटको पासमा ब्राड्ली बार्कोलाले गोल गर्दै टोलीलाई २–० को अवस्थामा पु¥याए । खेलको इन्जुरी समयमा सेनेगलले पुनरागमनको संकेत दिएको थियो । इन्जुरी समयको पाँचौं मिनेटमा इलिमान एनडियाएको पासमा इब्राहिम म्बायेले गोल गर्दै अन्तर २–१ मा झारे । तर, त्यसको एक मिनेटपछि एम्बाप्पेले लामो दूरीको प्रहारमार्फत व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।
योसँगै उनले राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या ५८ पुर्याउँदै फ्रान्सका सर्वकालीन सर्वाधिक गोलकर्ता बने । रियल म्याड्रिडका फरवार्ड एम्बाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल गरेका छन् ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड