
काठमाडौं । भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या ९०० नाघेको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या ९२० जना पुगेको विपद् निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तीन हजार ३६० जना घाइते भएका छन् । उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन् ।
दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकाससहित देशका विभिन्न भाग प्रभावित भएका छन् । घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ । सयौँको सङ्ख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन् । बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो । दोस्रो भूकम्प ७ दशमलव ५ म्याग्निच्युडको थियो । यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो । तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् ।
गुगलको ‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी पहिरोजस्ता सङ्कटकालीन सूचना देखाउने विकल्प छ ।













समाचार
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
एलआरआर मोटर्सले नेपाल ल्यायो लक्जरी चिनियाँ ब्राण्ड ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने