
काठमाडौं । कतारको राजधानी दोहामा अमेरिका र इरानबीच चलिरहेको अप्रत्यक्ष वार्तामा सकारात्मक प्रगति भएको कतारी विदेश मन्त्रालयले जनाएको छ । कतार तथा पाकिस्तानका मध्यस्थकर्तासँग अमेरिका र इरानका प्रतिनिधिमण्डलले छुट्टाछुट्टै रूपमा गरेका छलफलमा उल्लेख्य प्रगति भएको अल जजिराले जनाएको छ ।
दुवै पक्षले आउँदा चरणका छलफललाई पनि निरन्तरता दिने सहमति गरेका छन् । इरानका पूर्व सर्वोच्च नेताको अन्त्येष्टि सम्पन्न भएपछि अर्को बैठक छिट्टै आयोजना गर्ने भनिएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्तालाई शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदम भएको प्रतिक्रिया दिए।
इरानले युरेनियम संवर्द्धनको अधिकार, हर्मुज जलमार्गमाथिको आफ्नो नियन्त्रण तथा अन्य सुरक्षा सम्बन्धी विषयलाई आफ्नो मुख्य बटम लाईन बनाएको छ । विश्लेषकहरूका अनुसार वार्तामा केही चुनौती भए पनि कूटनीतिक समाधानको सम्भावना भने खुला छ । यसैबीच वार्ताको सकारात्मक संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । तेलको मूल्य झण्डै २ प्रतिशतले घट्दै चार महिनायताकै न्यून बिन्दुमा पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल झण्डै ७१.५ देखि ७२ अमेरिकी डलर प्रति ब्यारेलमा कारोबार भइरहेको छ ।
दुवै पक्षले तनाव थप बढ्न नदिई सम्झौताका प्रावधान कार्यान्वयन, क्षेत्रीय सुरक्षा, हर्मुज जलमार्गमा सुरक्षित जहाज आवागमन तथा इरानको रोक्का सम्पत्तिसम्बन्धी विषयमा थप छलफल गर्ने सहमति गरेका छन् ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन