
काठमाडौं । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाई ठगी गर्ने र सो रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी–५ का २५ वर्षीय मुकेश प्रजापतिलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ प्रजापतिले हालसम्म रु एक करोड ४८ लाख ७६ हजार ५२७ रुपैयाँ ४६ पैसा बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
पक्राउ प्रजापतिको विभिन्न डिजिटल खातामा सात हजार ४८५ अमेरिकी डलर (नेपाली रुपैयाँ करिब ११ लाख ४१ हजार ९८३) मौज्दात रहेको फेला परेको प्रवक्ता भट्टराईले बताए । पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नेपालमा क्रिप्टोकरेन्सीको कारोबार गैरकानूनी मानिन्छ ।












समाचार
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य
सातामा सामान्य अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ? कति घट्यो?
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, केप भर्डे पराजित
पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलोपटक अन्तिम १६ मा
आजको मौसम : मनसुनी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना