
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुद्धीकरणको कार्यालयलाई अझ सशक्त बनाउनुपर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री वाग्लेले वित्तीय अपराधको अनुसन्धानलाई एकीकृत रूपमा एकै ठाउँबाट गर्ने गरी सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐनलाई परिमार्जन गर्न खोजेको समेत बताए ।
उनले सम्पत्ति शुद्धीकरण मात्र नभई समग्र ’आर्थिक अपराध’ हेर्ने एउटा ठूलो छुट्टै निकाय नै आवश्यक पर्ने हो कि भन्नेबारे पनि छलफल भइरहेको जानकारी दिए ।
मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरणका केही प्रावधानलाई अध्यादेशमार्फत संशोधन गरे पनि अहिले संशोधनका क्रममा ल्याइएको व्यवस्थालाई सच्याएर पुरानै कानुनी व्यवस्थामा फर्काइएको बताए ।
विगतमा कसैलाई दुख दिने नियतका साथ उजुरीको दुरुपयोग भएको उल्लेख गर्दै उनले त्यस्ता समस्यालाई समाधान गर्नका लागि केही विषयमा संशोधन गरिएको धारणा राखे । नेपाललाई अन्तर्राष्ट्रिय ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्न वर्तमान सरकार गठन भएदेखि नै प्रभावकारी रुपमा काम गरेको र सफलता पनि हासिल हुँदै गएको उनले बताए ।
बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण ऐन, २०६४ लाई परिमार्जनसहित पारित गरेको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै