
काठमाडौं । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य कसरी सञ्चालन हुन्छ भन्ने सरकारले सञ्चालनकर्ताले बुझ्नुपर्ने बताएका छन् । गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले सरकारको कार्यशैलीमाथि प्रश्न गरेका हुन् ।
‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसँग सहकार्य गर्नु पर्दछ । आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ’ उनले आज समाजिक सञ्जालमा लेखेका छन् । उनले फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् भन्ने उल्लेख गरेका छन् ।
‘कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ । सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसँगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनु पर्दछ । स्पष्ट छ कि, सुशासनको मेरूदण्ड कानुनी शासन हो । तर कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुनुहुँदैन । अहिले पनि लक्षणहरू राम्रा देखिएका छैनन्’ उनले भनेका छन् ।













समाचार
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग
काठमाडौं-मुग्लिन सडक सुचारु, बैरेनीमा भने एकतर्फी
गोलकिपर मार्टिनेज चेल्सीमा
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार