
काठमाडौं । स्पेन १६ वर्षपछि फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ ले पराजित गर्दै स्पेन १६ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित समयको अन्तिम समयमा स्पेनका मिकेल मेरिनोले गोल गर्दे स्पेनलाई सेमिफाइनलमा पुर्याए ।
८८औं मिनेटमा पाउ क्युबार्सीले गरेको प्रहार बेल्जियमका गोलकिपरले रोक्दा बल पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन् । जसको फाइदा उठाउँदै मिकेल मेरिनोले स्पेनलाई अग्रता दिलाएका थिए । त्यसअघि यसअघि खेलको ३०औं मिनेटमा फेबियन रुइजले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, त्यसको ११ मिनेटपछि चाल्र्स डे केटलेरले हेडर गोल गर्दा खेल बराबरीमा फर्किएको थियो ।
खेलमा स्पेन अधिकांश समय बल पोजिसनमा रह्यो । स्पेनले १६ सर्ट प्रहार गर्दा बेल्जियमले मात्र ५ सर्ट प्रहार गरेको छ । सन् २०१० को विश्वविजेता स्पेन सन् २०१४ मा टोली समूह चरणबाटै बाहिरिएको थियो भने २०१८ र २०२२ मा अन्तिम १६ बाटै घर फर्किएको थियो । यसपटक उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
१७औं पटक विश्वकप खेलिरहेको स्पेनको यो तेस्रो सेमिफाइनल यात्रा हो । यसअघि सन् १९५० र २०१० मा सेमिफाइनलमा पुगेको थियो । सन् २०१० मा च्याम्पियन बन्दा १९५० मा भने चौथो बनेको थियो ।
स्पेनसँग पराजित भएको बेल्जियमको यात्रा क्वार्टरफाइनलमै रोकिएको छ । यसअघि सन् २०१४ को विश्वकपमा क्वार्टरफाइनलसम्म पुगेको बेल्जियम सन् २०१८ को विश्कपमा तेस्रो बनेको थियो । सन् २०२२ को विश्वकपमा भने समूह चरणबाट बाहिरिएको थियो । अब स्पेनले सेमिफाइनलमा फ्रान्सको सामना गर्नेछ ।












समाचार
भोटेकोशी बाढीः हालसम्म ९५ जनाको शव भेटियो
तत्काल उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारसँग महासंघको आग्रह
भोटेकोशी बाढीले दर्जनौँ जलविद्युत आयोजनामा क्षति, उद्धार र पुनर्निर्माणलाई प्राथमिकता दिन इप्पानको आग्रह
महँगीको चपेटामा उपभोक्ता, सरकारको लक्ष्यभन्दा माथि पुग्यो मुद्रास्फीति
भोटेकोशीमा बाढी: भारत, चीन र विश्व बैंकले सोधे- कस्तो सहयोग कहाँ पठाऊँ ?
बाढीपीडितका लागि एनआरएनएले तत्काल ५ करोड सहयोग गर्ने
महासंघ र संयुक्त ट्रेड युनियन समन्वय केन्द्र बीच औद्योगिक सम्बन्ध, लगानीको वातावरण र रोजगारी विस्तारमा सहकार्य गर्ने प्रतिबद्धता
रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका बाढी प्रभावितलाई टेलिकमको निशुल्क सेवा
नुवाकोटमा बाढी प्रभावित केन्द्रको परीक्षा स्थगित गर्ने त्रिविको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्यो १० निर्णय