
काठमाडौं । युएई विरुद्धको टि ट्वान्टी आई सिरिज घरेलु टोलि युगान्डाले जितेको छ । टि ट्वान्टी आई सिरिजको निर्णायक अन्तिम खेलमा आइतवार युएईलाई ८ रनले पराजित गर्दै युगान्डाले उपाधि जितेको हो ।
६ टोली सम्मिलित टि ट्वान्टी आई सिरिजका खेल डबल राउण्ड रोबिनमा भएकोमा शीर्ष स्थानमा रहँदै युगान्डाले च्याम्पियन बनेको हो । गत साता पहिलो खेलमा पनि घरेलु टोलीले युएईलाई ६ रनले हराएको हो । १ सय ७१ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो । युएईका लागि इथान डिसोजाले १७ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ३२ रन बनाए । ओपनर मोहम्मद जुहिब २८ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । कप्तान मोहम्मद वासिम २५ तथा राहुल चोपरा २२ रन जोडे ।
युगान्डाका दिनेश नकर्नी तथा फ्रान्क नसुबुङ्गाले समान २ तथा अल्पेस रामजानी, म्याथ्यु मुसिङ्जी र कोसमस क्याईवाताले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । युगान्डाका अल्पेश रामजानी र राजिभ धवनले अर्धशतक बनाए । रामजानी ३४ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रन बनाए । धवनले ४१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ५६ रन जोडे । ओपनर श्रीदिप मन्गेला १० रनमा आउट भए ।
युएईका लागि हैदर अलि र आकिफ राजाले समान २ तथा मोहम्मद रोहिद, सागिर खानले समान १ विकेट लिए । युगान्डा सिरिजमा खेलेको ६ खेलमै विजयी भयो । आइसिसीको टि ट्वान्टी आईको वरीयतामा युगान्डा २२औं र युएई १३औं स्थानमा छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन