
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयरको लकइन अवधि आउँदो भदौ १४ गतेबाट सकिने भएको छ । सन नेपाल लाइफको नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता सेयरहरू (बोनस सेयर र हकप्रद सेयर सहित) मध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता सेयर लकइनमा रहेको थियो ।
सन नेपाल लाइफका संस्थापक सेयरधनीहरूको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।
कम्पनीको उक्त सेयरहरू विगत तीन वर्षदेखि लकइनमा रहेको थियो । लकइन अवधि सकिएपछि भदौ १५ गतेदेखि उक्त सेयर नियमित रूपमा कारोबार गर्न सकिनेछ । तर सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने नियमानुसार सेयर रोक्का यथावत् रहने कम्पनीले जनाएको छ ।












समाचार
सुपर मादी हाईड्रोपावरको नाफामा २७७ प्रतिशतको वृद्धि, ईपीएस सहित अन्य सूचक कस्ता ?
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
उद्योग विभागको अधिकांश सेवा अब अनलाइनबाटै