
काठमाडौं । सुपर मादी हाईड्रोपावर लिमिटेडको विद्युत बिक्री आम्दानी वृद्धि भएसँगै र वित्त खर्चमा कमी आएसँगै नाफामा सुधार आएको छ । कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म ४२ करोड ५९ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको हो ।
यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २७७.६८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले ११ करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । अघिल्लो आवमा १ अर्ब १२ करोड ६२ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको कम्पनीले समीक्षा अवधिमा भने १ अर्ब ३३ करोड ४ लाख रुपैयाँ आर्जन गरेको छ ।
कम्पनीको वित्त खर्च ५४ करोड ३६ लाखबाट घटेर ४६ करोड ५ लाखमा सीमित बनेको छ । ह्रासकट्टी खर्च भने ३० करोड ६७ लाखबाट बढेर ३१ करोड ७९ लाख पुगेको छ । यस्तै अघिल्लो आवमा ७ करोड २८ लाख रहेको अन्य सञ्चालन खर्च पनि बढेर ८ करोड ८७ लाख पुगेको छ ।
कम्पनीको चुक्तापूँजी २ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ छ । कम्पनीको रिजर्भको आकार १४ करोड १४ लाखबाट बढेर ४५ करोड १४ लाख पुगेको छ । त्यस्तै कम्पनीको कुल चालु सम्पत्ति ४७ करोड १ लाख र कुल चालु दायित्व २२ करोड ५७ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १८.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११९.५० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४१५.२२ रुपेयाँ र तरलता अनुपात २.०८ प्रतिशत कायम भएको छ ।












समाचार
सरकारले विद्युत् महसुल समयानुकूल बनाउन पुनरवलोकन प्रक्रिया अघि बढायो
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन
भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
भगवती हाइड्रोपावरको करिब ५८ लाख कित्ता सेयरको लकइन अवधि सकिंदै
सन नेपालको बोनस र हकप्रद सेयरमध्येको ३ लाख ७७ हजार कित्ता सेयरको लकइन अवधि सकिदै
प्रतिनिधिसभाको बैठक बस्दै, के के छन् कार्यसूची
गैरआवासीय नेपालीलाई दोस्रो बजारमा सहभागी गराउने तयारी, धितोपत्र बोर्ड–एनआरएनबीच छलफल
उद्योग विभागको अधिकांश सेवा अब अनलाइनबाटै