
पोखरा । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न सरकारले सडक सञ्जालको स्तरोन्नति, पर्यटन पूर्वाधार निर्माण र अन्तरराष्ट्रिय बजारसँगको पहुँच विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् ।
पोखराको पर्यटन प्रवर्द्धन तथा पर्यटन पूर्वाधार विकासका विषयमा पोखरा महानगरपालिकाद्वारा आज यहाँ आयोजित छलफलमा उनले पोखरासँग जोडिएका प्रमुख सडक सञ्जालको सुधार गर्दै पर्यटकको सहज आवागमन सुनिश्चित गरिने बताए ।
पोखरालाई अन्तरराष्ट्रिय हवाई सञ्जालसँग जोड्न मन्त्रालयले विशेष पहल गरिरहेको मन्त्री पौडेलले बताए । पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रभावकारी उपयोगका लागि नियमित अन्तरदेशीय उडान हुनुपर्ने उनको भनाइ छ । मन्त्री पौडेलले पोखरा तालतलैया र नदीनालाको सहर भएकाले जल सम्पदामा आधारित पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले पोखरामा स्वामीनारायण र ऋषि वात्सायनको मन्दिर निर्माणका लागि सरकारले बजेट सुनिश्चित गरिसकेको बताए ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विकास साझेदारहरूसँगको सहकार्यमा केही महत्त्वपूर्ण पर्यटन पूर्वाधार निर्माण सम्पन्न भइसकेका जनाउँदै दीर्घकालीन महत्वका अन्य पूर्वाधारहरू निर्माणको क्रममा रहेका बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएपछि पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउन विभिन्न गतिविधि सञ्चालन गरिएको उनको भनाइ छ ।
“प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनको विकासमार्फत पोखरालाई अन्तरराष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित महानगर निरन्तर क्रियाशील रहेको छ”, प्रमुख आचार्यले भने । कार्यक्रममा पर्यटन क्षेत्रको दिगो विकास, पूर्वाधार विस्तार, हवाई पहुँच अभिवृद्धि तथा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो ।
छलफलमा पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलगायतको सहभागिता थियो ।













समाचार
‘निम्स दाइ’को निधनमा अन्नपूर्णले दियो शोक बिदा
‘कल बाइसपास’मा संलग्न ४ जना पक्राउ
गोलबजार क्षेत्रमा लगाइएको कर्फ्यु आदेश हटाइयो
आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारवाहीमा
पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि मेन्टेन एफसीलाई
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता
ब्रड पिक हिम पहिरो अपडेट : दुई नेपालीसहित थप तीन जनाको शव भेटियो
नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार
नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु
माथिल्लो जुनबेँसी आयोजनाको प्रसारण लाइनबारे सुझाव माग