
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्डको मूल्यमा गिरावट आएको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २५ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७६ रुपैयाँ १३ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा रहेको थियो । त्यस्तै आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर २०५ रुपैयाँ ५८ पैसा निर्धारण गरेको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०६ रुपैयाँ १६ पैसा रहेको थियो ।
आज स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८९ रुपैयाँ कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७० पैसा र बिक्रीदर ११९ रुपैयाँ १७ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ७० पैसा र बिक्रीदर ९ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५५ पैसा र बिक्रीदर २२ रुपैयाँ ६३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५४ पैसा र बिक्रीदर ४० रुपैयाँ ७० पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ४ रुपैयाँ ५८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ र बिक्रीदर ९६ रुपैयाँ ०२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४७ पैसा र बिक्रीदर २३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९६ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ७९ पैसा बिक्रीदर ४०५ रुपैयाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ रहेको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।













समाचार
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर बाँडफाँड
लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
अवैध रूपमा भित्रिएका इलेक्ट्रिक स्कुटर धमाधम जफत
एभरेष्ट बैंकको नाफा ५ अर्ब ७ करोड, वितरणयोग्य मुनाफा कति ?
ग्लोबल आइएमई बैंकको नाफा उछाल, अधिकांश सूचक सकारात्मक हुदाँ लाभांश क्षमता कति ?
एलपी ग्यासको आपूर्ति केही दिनमै सहज हुन्छ : मन्त्रालय
३३ प्रतिशतले बढ्यो नबिल बैंकको नाफा, लाभांश क्षमता कति ?
बेनी–जोमसोम सडक रातिमा बन्द
‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै