
काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्यासको नियमित आपूर्ति भइरहेको र कुनै पनि किसिमको अभाव नरहेको बताएको छ । निगमका अनुसार देशमा दैनिक रुपमा माग अनुसार नै ग्यासको आपूर्ति भइरहेको छ ।
मासिक औसत खपत ४७ हजार मेट्रिक टन रहेकोमा वर्तमान आकस्मिक माग वृद्धिलाई मध्यनजर गर्दै यस महिनाको आयात परिमाणसमेत बढाइएको छ । साउन १ देखि १८ गतेसम्म मात्रै ३१ हजार ८१६ मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
काठमाडौं उपत्यकामा उच्च माग भएका केही उद्योगहरुको ग्यास सहज रुपमा उपलब्ध गराउन टेकुस्थित निगमको कार्यालयबाट समेत बिक्री भइरहेको छ । नेपाल ग्यास, एचपी ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यास बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म वितरण भइरहेको निगमले जनाएको छ ।
निगमले विक्रेताहरुलाई घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकता दिन, खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बर रेकर्ड राख्न कडा निर्देशन दिइएको छ । जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र दीर्घ रोगीहरूलाई विशेष प्राथमिकतामा राखी ग्यास वितरण गर्न भनिएको छ ।
ग्यास नपाएको वा कुनै समस्या तथा गुनासो भएमा कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न निगमले भनेको छ । उपत्यका बाहिरका उपभोक्ताले पनि सम्बन्धित प्रादेशिक कार्यालय, शाखा कार्यालय तथा डिपोहरूमा सम्पर्क राखी सेवा लिन सक्नेछन् ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल