
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना उम्मेदवार अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणका लागि छनोट भएका छन्। कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिको साउन २१ गते बसेको बैठकले शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा उम्मेदवारहरू छनोट गरेको हो।
छनोटमा परेका उम्मेदवारमा अर्जुन कुमार गौतम, गोपाल घिमिरे, पर्वत कुमार कार्की, यज्ञप्रकाश न्यौपाने र समता पन्त भट्ट रहेका छन्।
समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार अर्जुन कुमार गौतमको प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २५ गते बिहान ७ बजे, गोपाल घिमिरेको बिहान ८ बजे, पर्वत कुमार कार्कीको साँझ ५ बजे र यज्ञप्रकाश न्यौपानेको साँझ ६ बजे हुनेछ।
त्यस्तै, समता पन्त भट्टको भने प्रस्तुतीकरण तथा अन्तर्वार्ता साउन २६ गते बिहान ८ बजेका लागि तय गरिएको छ। सबै उम्मेदवारको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालय, सिंहदरबार, काठमाडौंमा सञ्चालन हुने नागरिक लगानी कोषले जनाएको छ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल