
काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी र मनास्लु प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
लालीगुराँसले निम्सलाई ६६–५५ ले पराजित गर्यो । लालीगुराँसको जितमा रोशन तामाङले १४ अंक योगदान गरे । सिद कार्कीको १५ अंक सहयोगमा मनास्लुले सगरमाथालाई ६१–४८ ले हरायो । टोखाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भइरहेको प्रतियोगिताको ब्वाइजमै सीसीआरसी र जेभियर पनि सेमिफाइनलमा पुगे ।
सीसीआरसीले गोल्डेन इन्टरनेसनल कलेजलाई ६०–३१ ले पाखा लगायो । सीसीआरसीका विसन खड्काले १९ अंक जोडे । जेभियरले हेराल्डलाई ५९–४६ ले पन्छायो । जेभियरका महेन्द्र प्याकुरेलले १९ स्कोर गरे । सेमिफाइनलमा जेभियरको भेट लालीगुराँसंग हुनेछ भने सीसीआरसीले मनास्लुको सामना गर्ने छ । गल्र्सको सेमिफाइनल निम्स र जेभियर तथा एलआरआई र गोल्डेनगेटबीच हुनेछ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन