
काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड बढी राजस्व असुली गरेको छ ।उपमहानगरपालिकाले बक्यौता असुलीमा कडाइ गरेपछि गत आर्थिक वर्षमा रु १७ करोड १५ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा रु २० करोड ३७ लाख एक हजार ५५९ राजस्व असुली गरेको हो ।
आव २०८१/८२ को तुलनामा रु तीन करोड ७२ लाख २१ हजार ६२६ ले बढी हो । आव २०८१/८२ मा रु १६ करोड २० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १६ करोड ६४ लाख ७८ हजार ९३३ राजस्व सङ्कलन भएको थियो ।
आव २०८२/८३ मा बेरुजु शीर्षकमा रु पाँच लाख सङ्कलन गर्ने लक्ष्य रहेकामा रु २१ लाख २६ हजार ४५३ सङ्कलन भएको छ । त्यस्तै, सम्पत्ति करबाट रु पाँच करोड ६१ लाख पाँच हजार ३३१, बहाल करबाट रु पाँच करोड ७५ लाख ३९ हजार ६४४, सिफारिस दस्तुरबाट रु एक करोड ३४ लाख ९५ हजार ८९६ र नक्सापास दस्तुरबाट रु तीन करोड ३७ लाख ८१ हजार राजस्व सङ्कलन भएको छ ।
यसैगरी, बहाल बिटौरी करबाट रु ९२ लाख ३२ हजार २००, व्यवसाय करबाट रु ५१ लाख ५० हजार ३४७ र अन्य सेवा शुल्क तथा बिक्रीबाट रु २९ लाख ६८ हजार ४७५ राजस्व सङ्कलन भएको छ ।
अन्य प्रशासनिक सेवा शुल्कबाट रु ६८ लाख ३४ हजार ९३४, परीक्षा शुल्कबाट रु १७ लाख ८६ हजार ७००, व्यक्तिगत घटना दर्ता दस्तुरबाट रु पाँच लाख ९७ हजार ७२०, प्रशासनिक दण्ड जरिवानाबाट रु ११ लाख पाँच हजार ५६३ तथा सरकारी सम्पत्ति बिक्रीबाट रु १५ लाख राजस्व सङ्कलन भएको जनकपुरधाम उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख परमेश्वर झाले जानकारी दिए ।













समाचार
त्रिधार्मिकस्थल हलेसीमा ‘बोलबम’ मेला भर्ने दर्शनार्थीको भीड
सरकार र मृतक मेहताको परिवारबीच सात बुँदे सहमति
चिनाखेतका पहिरो पीडितलाई नगरपालिकाको राहत
धनकुटामा किसानको सहभागितामा कोदोका १० जातको परीक्षण सुरु
ब्राउन सुगरसहित एक जना पक्राउ
पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की १५ लाख धरौटीमा थुनामुक्त
मधेशको पछिल्लो घटनाबारे गृहमन्त्री र उद्योगमन्त्रीले गरे सांसदहरूसँग छलफल, कसले के भने ?
युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
साँस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा मृत्यु भएका किलुको मंगलबार अन्त्यष्टि हुने