
काठमाडौं । यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक नवीन सुब्बा र मणिपुर (भारत) का साहित्यकार भवानी अधिकारीलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
दाहाल यज्ञनिधि सुधा सदनको बैठकले नेपाली भाषा, साहित्य, शिक्षा, कला र समावेशी संस्कृतिमा विशिष्ट योगदान पुर्याएबापत उनीहरूलाई उक्त पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो। ताम्रपत्रसहित प्रस्तुत पुरस्कारको राशि १ लाख ५० हजार रुपैयाँ रहेको छ।
सदनकी अध्यक्ष सुधा दाहालका अनुसार भारतको मणिपुरमा शिक्षण पेसासँगै नेपाली भाषा-साहित्य र पाठ्यक्रम निर्माणमा समर्पित अधिकारी तथा नेपाली सिनेमामा मौलिक सौन्दर्यशास्त्र निर्माण गरी सीमान्तकृत समुदायका कथा विश्वमञ्चसम्म पुर्याएका सुब्बालाई सम्मान गर्न लागिएको हो।
पुरस्कृत व्यक्तित्व अधिकारी दुई दशकदेखि नेपाली र मणिपुरी साहित्य सिर्जनामा सक्रिय छन्। उनका ‘मनका आवेग’, ‘आँखीझ्याल भित्र मणिपुर’, ‘मेरो लोकताक’ लगायतका कृति प्रकाशित छन्। उनले मणिपुरमा कक्षा ९ देखि १२ सम्मका नेपाली पाठ्यपुस्तक सम्पादन समेत गरेका छन्।
त्यस्तै, चार दशकदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय निर्देशक सुब्बाले ‘नुमाफुङ’, ‘दलन’, ‘गुडबाइ काठमाडौँ’ र ‘गाउँ आएको बाटो’ जस्ता बहुचर्चित चलचित्र तथा शृङ्खलाको निर्देशन गरिसकेका छन्।
पुरस्कार आगामी साउन २५ गते काठमाडौँको राष्ट्रिय नाचघरमा आयोजना गरिने विशेष समारोहमा अर्पण गरिनेछ। सदनमा ५१ लाख रुपैयाँको अक्षयकोश रहेको र सोही ब्याजबाट हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ।
साथै, दाहाल यज्ञनिधिले अध्यापन गराएको भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) बाट कक्षा ८ उत्तीर्ण गर्दा नेपाली विषयमा उत्कृष्ट जीपीए ल्याउने दुई जना छात्रछात्रालाई ‘दाहाल यज्ञनिधि बालप्रतिभा पुरस्कार’ प्रदान गरिँदै आएको सदनले जनाएको छ।













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना