
मनाङ । मनाङमा सरकारी वकिलको कार्यालयले नयाँ भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित भवनको सोमबार महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलले उद्घाटन गरे । भवन उद्घाटन गर्दै महान्यायाधिवक्ता कँडेलले सरकारी वकिलको मुख्य जिम्मेवारीअनुसार जिल्लामा सरकारका निकायलाई कानुनी रायसल्लाह दिनु तथा सरकारको पक्षमा मुद्दा सञ्चालन गर्नु रहेको बताए ।
उनले संविधानले प्रत्यायोजन गरेको अधिकारअनुसार महान्यायाधिवक्ताले जिल्लास्तरमा सरकारी वकिललाई अधिकार प्रत्यायोजन गर्ने र सोहीअनुसार सरकारी वकिलले कार्यसम्पादन गर्दै आएको जानकारी दिए । जिल्ला समन्वय समिति मनाङका प्रमुख चिनबहादुर घलेले नयाँ भवन निर्माणपछि सदरमुकामस्थित सरकारी कार्यालयमा सेवा प्रवाह थप सहज हुने बताए ।
उनले कतिपय सरकारी कार्यालयका आफ्नै भवन नभएको अवस्थामा सरकारी वकिलको कार्यालयका लागि सुविधासम्पन्न भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताए । नायब महान्यायाधिवक्ता लोकराज पराजुलीले सरकारी वकिलको कार्यालय न्याय प्रणालीको अभिन्न अङ्ग भएको बताए ।
मनाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद पौड्यालले सेवा प्रवाहलाई सहज बनाउन सरकारी कार्यालयका भवन सेवाग्राहीमैत्री हुनुपर्ने बताए । उनले कार्यालयमा आउने सेवाग्राहीको सुरक्षा र सहज पहुँच सुनिश्चित गर्न आवश्यक संरचना तथा प्रविधिको व्यवस्था हुनुपर्नेमा जोड दिए । भवन निर्माणका लागि विसं २०८१ माघ ११ गते रु चार करोड ८३ लाख १६ हजार २९ मा सम्झौता भएको थियो । सम्झौताअनुसार १८ महिनामा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि निर्माण कम्पनीले करिब चार महिनाअघि नै काम सम्पन्न गरी हस्तान्तरण गरेको हो ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
एचआईडीसीएलको नाफामा पहिरो, इपीएस सहित अन्य सूचक कस्ता ?
सहरबाट गाउँ फर्किएर हाँसपालन रमाएका चिरञ्जीवी
दियालो बङ्गलाबाट २४ लाख राजश्व सङ्कलन
सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा
आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त
बाढी, पहिरोका कारण म्याग्दीका जलविद्युत् आयोजनाको निर्माण प्रभावित
बाँदरको उपद्रोले किसान हैरान, अन्नबाली जोगाउनै मुस्किल
लोमान्थाङमा यार्तुङ पर्वको रौनक
चुमनुब्रीको क्यान्टिलिभर पुल ढुङ्गा खसेर जीर्ण