
काठमाडौं । यो साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले घटेको सेयर बजार आज पनि १.०४ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५५७.३१ विन्दुमा पुगेको छ । कारोबार समयमा सेयर बजार २५१८ विन्दुसम्म पुगेर फर्केको थियो । आज सेयर बजारमा १४६ कम्पनीको सेयर मूल्य बढेको छ भने ११८ कम्पनीको सेयर मूल्य घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज सेन्सेटिभ इन्डेक्स पनि ०.५४ अंकले घटेर ४५१.१२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटा उपसूचकको सेयर मूल्य घटेको छ । परिसूचक घटेको दिन कारोबार रकम भने ३ अर्बमा सिमित रहेको छ । आज ३४८ कम्पनीका १ करोड ६ लाख २६ हजार ३७० कित्ता सेयर ५२ हजार ५७५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७८ करोड ६४ लाख ५५ हजार ७० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै