
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।
एनएसजेएफको खेलाडी छनोट समितिले आइतबार वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँच/पाँच जनाको नाम सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन् ।
यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, करातेकी एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन् ।
वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषाकुमारी बोहरा तथा बुद्धिचालका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन् । वर्ष प्रशिक्षकतर्फको मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री समावेश भएका छन् । तेइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही भदौ १८ गते यहाँ आयोजना हुँदैछ ।












समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
बाढीमा बगेका ७८८ जनाको शव भेटियो
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छः परराष्ट्रमन्त्री खनाल