
काठमाडौं । इरानले सोमबार जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । आफ्नो भूमिमा एक महिनापछि भएको पहिलो अमेरिकी आक्रमणको जवाफमा गरिएको यो कारबाहीले छ महिनादेखि जारी अमेरिका–इरान युद्धमा पुनः तनाव बढाएको छ ।
इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्स (आइआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ । तर जोर्डनको सेनाले आठवटा क्षेप्यास्त्रलाई बाटोमै निष्क्रिय पारेको जनाएको छ ।
अमेरिकाले आइतबार होर्मुज जलसन्धिमा रहेको एउटा सानो टापुमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार जलसन्धिमा तत्काल खतरा उत्पन्न गरिरहेका इरानी रिभोलुसनरी गाड्र्सका समुद्री बारुदी सुरुङ बिछ्याउने फौजविरुद्ध सीमित र सटीक कारबाही गरिएको हो ।
अमेरिकी सेनाका अनुसार जलसन्धिको अन्तरराष्ट्रिय जलमार्गबाट समुद्री बारुदी सुरुङ हटाउने काम गत साता पूरा गरिएको थियो । वासिङ्टनले इरानलाई थप बारुदी सुरुङ बिछ्याउनबाट रोक्ने उद्देश्यले पछिल्लो कारबाही गरेको जनाएको छ ।
इरानी गाड्र्सले अमेरिकी आक्रमणमा क्षति भएको र जोर्डनस्थित अमेरिकी सैन्य अखडामाथिको आक्रमण त्यसैको जवाफ भएको जनाएको छ । अमेरिका–इरान युद्ध छ महिना पुगेको र पछिल्ला दिनमा शत्रुतापूर्ण गतिविधि केही मत्थर भएको अवस्थामा पछिल्लो घटनाक्रम भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालैका सातामा इरानविरुद्ध सैन्य कारबाहीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिँदै आएको छ ।
यसैबीच, पाकिस्तान र कतारलगायतका मध्यस्थकर्ताले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी राखेका छन् । अप्रिलमा युद्धविराम भए पनि त्यसयता स्थायी शान्ति सम्झौता हुन सकेको छैन ।
होर्मुज जलसन्धिमा जारी अवरोधका कारण विश्व बजारमा ऊर्जा आपूर्तिमा असर परेको छ । अमेरिकी आक्रमणको खबरपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै ब्रेन्ट तेल प्रतिब्यारेल ९० डलर र वेस्ट टेक्सास इन्टरमिडियट ८५ डलरभन्दा माथि पुगेको छ ।
यस युद्धप्रति अमेरिकी जनतामा असन्तुष्टि बढिरहेका बेला आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनौती दिन सक्ने विश्लेषण गरिएको छ । सिनेटर ज्याक रीडले छ महिनाको युद्धपछि पनि कुनै उद्देश्य हासिल नभएको भन्दै ट्रम्प प्रशासनको आलोचना गरेको छ ।













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन