
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको प्रभावले कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका धेरै स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा बाँकी तराई भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ।
कोशी, मधेस र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली, पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधरणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका तराई भूभागका थोरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।












समाचार
च्याम्पियन्स लिगमा रियलको विजयी सुरुवात
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज
तादी खोलामा ६० मिटर लामो फलामे पुल जडान, नेपाली सेनाले भोलिसम्ममा काम सक्ने
विस्फोटक पदार्थसहित एक जना पक्राउ
दैलेखको भम्लु खोलामा सुख्खा पहिरो, कर्णाली राजमार्ग अवरुद्ध
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन
मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात करिब १२अर्ब