
काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ। कार्यकारी प्रमुख छनोट उपसमितिले खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्तिका लागि इच्छुक उम्मेदवारसँग आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।
सीईओ पदका लागि उम्मेदवारले कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, पर्यटन क्षेत्रमा न्यूनतम १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ। आवेदकले नेपाल पर्यटन बोर्डको प्रभावकारिता अभिवृद्धि गर्न आगामी दिनमा सञ्चालन गर्नुपर्ने कार्यक्रम तथा गतिविधि समेटिएको रणनीतिक कार्ययोजना समेत पेश गर्नुपर्नेछ।
खुला प्रतिस्पर्धाबाट छनोट हुने सीईओले बोर्डको पर्यटन प्रवर्द्धन, व्यवस्थापन तथा संस्थागत प्रभावकारिता अभिवृद्धिमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ।













समाचार
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ
हिमालीविपद् सामना गर्न नेपाल–चीन सहकार्य आवश्यक : चिनियाँ राजदूत झाङ
बाढीका कारण बैंकका १७ वटा शाखा प्रभावित, ७२.४ करोडको क्षति
दुई दिनमा भारतबाट ३ लाख ४५ हजार सिलिन्डर ग्यास आयात
किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
प्याब्सनद्वारा विपद् राहत कोषमा १२ करोड सहयोग, पाँच विद्यालयका लागि २ करोड
३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न निजी क्षेत्र सक्षम छ : डाँगी