अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ

झापा  ।  अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने ४१ वर्षीय किरण कान्दङवा, ३८ वर्षीय हेक्की श्रेष्ठ र २७ वर्षीय उज्जवल गुरागाँई रहेका छन् ।
बिर्तामोड नगरपालिका-४ स्थित वृक्ष क्याफेको परिसरमा अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर जिल्ला अदालत झापाबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट