
काठमाडौं । सुनजस्तो देखिने पहेँलो धातु देखाएर एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालित टोलीले शनिबार टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थापा करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका बेला गत वर्ष भदौ २४ गते कारागारबाट भागेका कैदी हुन् । यसैबीच, स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ का युवराज घतानी पनि पक्राउ परेका छन् ।
स्कुटरमा केशरमहलतर्फ गइरहेका घतानीमाथि शंका लागेपछि प्रहरीले खानतलासी गर्दा उक्त रकम फेला परेको जनाएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
तीजको दरखाने खर्च बाढीपीडितलाई
१४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसको निर्णय
स्रोत नखुलेको १३ लाख रुपैयाँसहित ठमेलबाट एक युवक पक्राउ
बाढी प्रभावितको राहतका लागि निस्ट फाउन्डेसनको साढे २२ लाख सहयोग
एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
कृष्णभिरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालन, रोकिएका ग्यास बुलेट पास गराइयो
मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
जोखिमपूर्ण हिमतालका जलस्तर घटाउन गृहकार्य जारी : मन्त्री श्रेष्ठ
बागमती प्रदेशका मुख्यमन्त्री थापा र महासंघका अध्यक्ष श्रेष्ठबीच भेटवार्ता
ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने