
काठमाडौं । अभिषेक शर्माको विस्फोटक ब्याटिङमा भारतले अफगानिस्तानलाई पहिलो टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा ७ विकेटले पराजित गरेको छ। अफगानिस्तानले दिएको १ सय ५७ रनको लक्ष्य भारतले १३.४ ओभरमै ३ विकेट गुमाएर पूरा गर्यो।
भारतको जितमा अभिषेकले ३२ बलमा ८२ रनको आक्रामक इनिङ्स खेले। उनले समान ७ चौका र छक्काको वर्षा गर्दै अफगानिस्तानका बलरमाथि दबाब बनाए। इशान किशनले ३३ बलमा ४२ रन बनाए।
यसअघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो। अजमतुल्लाह ओमरजाईले ६४ रन बनाएपछि अफगानिस्तान सम्मानजनक योगफलसम्म पुगेको थियो। मोहम्मद नाबीले ३३ रन जोडे।
भारतका अर्शदीप सिंहले ३ विकेट लिए । चोटपछि टोलीमा फर्किएका जसप्रित बुमराह र वरुण चक्रवर्तीले पनि प्रभावशाली पुनरागमन गरे। बुमराहले खेलको दोस्रो बलमै रहमानुल्लाह गुरबाजलाई आउट गर्दै भारतलाई सुरुवाती सफलता दिलाएका थिए। त्यसपछि अफगानिस्तानका ब्याटरमाथि भारतीय बलर हाबी भए।
सदिकुल्लाह अतल र कप्तान इब्राहिम जाद्रानले केही समय इनिङ्स सम्हाल्ने प्रयास गरे पनि जाद्रान रनआउट भएपछि अफगानिस्तान दबाबमा परेको थियो। अर्शदीप, अक्षर पटेल र वरुणले लगातार विकेट निकाल्दा अफगानिस्तान ७ ओभरमा ५ विकेट गुमाएर ४३ रनको अवस्थामा पुगेको थियो।
त्यसपछि ओमरजाईले आक्रामक ब्याटिङ गर्दै अफगानिस्तानको इनिङ्स उकासे। उनले अर्धशतक पूरा गर्दै टोलीलाई १ सय ५० रन पार गराए। अन्तिम ओभरमा शिवम दुबेको बलिङमा ओमरजाईले २१ रन प्रहार गरेपछि अफगानिस्तान १ सय ५६ रनसम्म पुगेको थियो।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम