
भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन्। मकै, कोदो, धान र फलफूल बाँदरबाट बचाउन कठिन भएपछि स्थानीयवासी बेसार खेतीमा लागेका हुन्।
विशेषगरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका-५ बोखिमका किसान नवराज फुँयालले बताए। ‘मकै र कोदोजस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,’ फुँयालले भने, ‘बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ।’
बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन्। स्थानीय किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ। हाल स्थानीय बजारमा बेसारको पीठो प्रति कुरुवा १०० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
उत्पादित बेसार बिक्रीका लागि बजारको कुनै समस्या नरहेकाले किसानहरू उत्साहित छन्। जङ्गल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्नै नपाई बाँदरले सखाप पार्ने समस्या वर्षौंदेखि रहँदै आएको थियो। स्थानीय किसान भीमप्रसाद न्यौपानेले बेसार जमिनमुनि फल्ने र बाँदरले मन नपराउने भएकाले सुरक्षित बाली रहेको जानकारी दिए।
कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले बेसार खेतीप्रति चासो बढेको छ। बाँदरको प्रकोपका कारण बाझिन थालेका खेतबारीमा बेसार रोपेर पुनः आम्दानी बढाउन सकिने सम्भावना किसानले देखाएका छन्। स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसारको राम्रो उत्पादन हुने उनीहरूको भनाइ छ।











समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम
राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै