रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग

काठमाडौं । त्रिशूली, भोटेकोशी, रसुवा र नुवाकोटलगायत क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि रोयल एवान इन्भेस्टमेन्ट प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

कम्पनीअन्तर्गतका शाखा, सञ्चालक, सेयर सदस्य, कर्मचारी तथा शुभेच्छुकको सहयोगमा सङ्कलित रकम अध्यक्ष हरिबहादुर श्रेष्ठ (नविन) सहितको टोलीले अर्थ मन्त्रालय, सिंहदरबारमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले बाढीपहिरो प्रभावित परिवारको दुःखमा ऐक्यबद्धता जनाउँदै राहत तथा पुनःस्थापनामा केही योगदान पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट