
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दाबी गरेका छन् । उनले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दाबीसमेत गरेका छन् ।
‘ट्रुथ सोसल’ मा सन्देश जारी गर्दै उनले अमेरिका इरानसँग वार्ताका लागि खुला रहेको बताएका छन् । हर्मुज जलघाँटीबाट कच्चा तेलको आपूर्ति जारी रहेको उल्लेख गर्दै अन्य देशका लागि समुद्री मार्गको सुरक्षा गरेबापत अमेरिकाले खर्च बेहोर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, इरानले हर्मुज जलघाँटी नजिकै अमेरिकी चालकविहीन पानीमुनिको ‘डाइभ–एलडी’ यान कब्जा गरेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त यानलाई ‘युद्धको लुट’ भन्दै कब्जा वैध भएको दाबी गरेका छन् । क्यालिफोर्नियास्थित एन्डुरिलले निर्माण गरेको उक्त यान समुद्री नक्साङ्कन, सूचना सङ्कलन र पानीमुनिका पूर्वाधार निरीक्षणमा प्रयोग हुने बताइएको छ ।
तर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानी दाबीको खण्डन गर्दै उक्त यान कब्जा हुनुअघि नै प्राविधिक समस्यामा परेको स्पष्ट पारेको छ ।












समाचार
सामाजिक सञ्जालले फेरिएको व्यापार शैली
ठमेल प्लाजा होटलको साधारण सभा आज
किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ, भौतिक प्रगति ५१ प्रतिशत
१४ वर्षमै आमा, २० प्रतिशत सुत्केरी २० वर्षमुनिका
मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर
सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फरार
माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
मुगु केन्द्रबिन्दु भएर लगातार दुई पटक भूकम्प
पेट्रोलियम पदार्थको मूल्य यथावत, निगमलाई पाक्षिक १ अर्ब ९१ करोड घाटा