
मनाङ । हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे–बेँसीसहर सडकमा पहिरो खस्दा सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको छ । नासो गाउँपालिका–३ खोत्रोमा आज ढुङ्गासहित खसेको पहिरो हटाउन नसक्दा सवारी आवतजावत ठप्प भएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले आज दिनभर पहिरो हटाउने प्रयास गर्दा पनि नसकिएको जानकारी दिए । “माथिबाट चट्टान बीच सडकमा खसेकाले हटाउन सम्भव भएन, नेपाली सेनालगायतका सुरक्षाकर्मीको सहयोगमा विष्फोटक पदार्थ प्रयोग गरेर सडक खुलाउने प्रयासमा छौँ”, उनले भने । गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले चााडोभन्दा चाँडो सडक सञ्चालनमा ल्याउन आवश्यक भएको बताए । यसबाट पर्यटक बढी प्रभावित बनेका उनले बताए ।
पहिरो हटाएर अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिका उपप्रमुख सुरेन्द्र गुरुङसहितको टोली लागिपरेको छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाका इन्जिनियर नवीन विष्टले ड्रिलिङ गरेर सडक खुलाउने काम भइरहेको बताए । अन्य ठाउँमा गएको पहिरो भने हटाइएको उनले बताए । मस्र्याङ्दी करिडोरअन्तर्गतको सडकमा ठूला सवारीसाधन वर्षायाममा गुडाउँदा भाँसिने तथा पहिराको जोखिम बढ्ने गरेको छ ।












समाचार
बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग
उपत्यकाका १००० भन्दा बढी पसलमा ११० रुपैयाँ किलोमा चिनी सर्वसुलभ रूपमा पाइने सरकारको दाबी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय
भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीको ३३ लाख ५० हजार सहयोग
नेपाल उद्योग वाणिज्य महासंघको महानिर्देशकमा डा. गोपालप्रसाद तिवारी नियुक्त
सेयर कारोबारमा पूँजीगत लाभकर घट्यो
गभर्नरको कार्यकाल ३ वर्ष बनाउने प्रस्ताव अर्थ समितिबाट पारित
नबिल बैंकको साधारण सभा २२ गते, बुक क्लोज कहिले ?
असोज १ देखि सार्वजनिक सवारीसाधनको दर्ता खुला
‘नेपालको संसदीय इतिहासको सबै डाटा डिजिटलाइज गर्ने प्रयासमा छौँ’: सभामुख अर्याल