
काठमाडौं । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको महिला भलिबल खेलमा नेपाल पराजित भएको छ। यो नेपालको लगातार दोस्रो हार हो। नेपाल आज सम्पन्न खेलमा इन्डोनेसियाविरुद्ध ३–० को सोझो सेटमा पराजित भयो।
बुधबार भएको पहिलो खेलमा जापानविरुद्ध पनि नेपाल सोझो सेटमा पराजित भएको थियो। आइचीस्थित पार्क एरिना कोमाकीमा भएको इन्डोनेसियासँगको खेलमा नेपालले पहिलो सेट २५–१२, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२० ले गुमायो।
लगातार दोस्रो पराजयसँगै भलिबलमा पदक जित्ने नेपालको सम्भावना सकिएको छ। नेपालले अब वरियताका लागि प्रतिस्पर्धा गर्नेछ। नेपालले खेल्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। नेपालले सन् २०२३ मा चीनको हाङ्झाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा ११औँ स्थान हासिल गरेको थियो।
फेसबुक प्रतिक्रिया












समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला