
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारलाई थप पारदर्शी, व्यवस्थित र लगानीकर्तामैत्री बनाउने उद्देश्यका साथ धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी “सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३” को मस्यौदा तयार गरेको छ। यस नयाँ निर्देशिकाले प्राथमिक शेयर निष्काशन गर्न चाहने संगठित संस्थाहरूका लागि कडा तथा पारदर्शी योग्यता, संस्थागत सुशासन र वित्तीय अनुशासनका नयाँ मापदण्डहरू अघि सारेको छ।
प्रस्तावित निर्देशिका अनुसार सर्वसाधारणमा शेयर निष्काशन गर्न चाहने कम्पनीको प्रतिशेयर नेटवर्थ कम्तीमा अंकित मूल्य बराबर हुनुपर्नेछ भने वित्तीय अपराधमा दोषी ठहरिएका वा कालोसूचीमा परेका व्यक्ति तथा संस्थाका लागि निश्चित अवधिभर आईपीओ निष्काशनमा बन्देज लगाइएको छ।
यसैगरी, आईपीओमा जाने कम्पनीहरूले कम्तीमा ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरणसहित सम्पूर्ण विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने, बोर्डमा निवेदन दिएपछि स्वीकृति बिना पूँजी संरचना परिवर्तन गर्न नपाइने र संकलित रकम छुट्टै बैंकिङ खातामा राखी स्वीकृत उद्देश्यका लागि मात्र प्रयोग गर्नुपर्ने जस्ता कडाईका साथ पालना गर्नुपर्ने व्यवस्थाहरू समेटिएका छन्। धितोपत्र बोर्डले पूँजी बजारको दीर्घकालीन विकास र आम लगानीकर्ताको हित संरक्षणलाई केन्द्रमा राखेर यो नयाँ व्यवस्था लागू गर्न लागेको हो।












समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला